काठमाडौँ उपत्यकालगायत देशका पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौँ उपत्यकालगायत देशका पहाडी भूभागमा सामान्य वर्षा
शनिबार, फाल्गुन २२, २०७७

काठमाडौँ । प्रिमनसुन सुरू भएसँगै काठमाडौँ उपत्यकालगायत देशका पहाडी भूभागमा सामान्य वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले पोखराको आकाशमा उत्पन्न भएको न्यून चापिय प्रणालीका कारण वर्षा भएको हो ।

मार्च महिनादेखि नेपालमा प्रिमनसुन सुरू भएकाले शुक्रबार साँझ भएको वर्षा त्यसैको प्रभाव रहेको मौसमविद प्रतिमा मानन्धरले जानकारी दिइन् । आज राती देशको पहाडी तथा हिमाली भू(भागहरुको एकरदुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशका केही पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आगामी तीन दिनसम्म पहाडी तथा हिमाली भू(भागहरुको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।