देउवाले भने– म प्रधानमन्त्रीको रेसमा छैन

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।
देउवा निवास बुढानिलकण्ठमा नेवि नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीको दौडधुपमा नरहेको बताएका हुन् ।
सभापति देउवाले आफूलाई पदको लोभ तथा लालच नभएको भन्दै प्रधानमन्त्री हुने चाहना पनि नभएको बताए ।
नेकपाको आफ्नै झगडा चलिरहेको भन्दै देउवाले आफू प्रधामन्त्रीको दौडमा लागेर नफस्ने बताएका हुन् ।
पुस्तक विमोचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन । विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेटिङमा भनेको छ । तर मलाई प्रधानमन्त्री हुने चाहाना पनि छैन । सबै कुरामा नलाग्नु होला । उनीहरुको झगडामा म फस्न चाहान्न ।’
उनले कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वास प्रस्तावको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने बताए।
उनले भने, ‘नेकपामा ओली र प्रचण्ड–नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार रणनीति तय गर्ने कांग्रेसको योजना छ । व्यावहारिक रूपमा नेकपा दुई समूहमा विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो।’
नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि कांग्रेसका अधिकांश सांसदले अहिले सरकारमा जान नहुने बताएका छन् ।
-
काठमाडौँको एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
-
कोरोनाविरूद्ध ट्राफिक प्रहरीले थाल्यो ‘सचेतना अभियान’
-
नेपालमा थप ४९६ जनामा कोरोना भाइरस संक्रमण, १३ जनाको मृत्यु
-
बुटवलमा एकैदिन तीन जना कोरोना सङ्क्रमितको मृत्यु
-
बुधबारदेखि नयाँ बसपार्कका टिकट काउण्टर बन्द हुने
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ६९ बढी संक्रमित
-
कोरोना संक्रमणको जोखिम बढ्यो, असुरक्षित बन्दै काठमाडौँ
-
खेलाँचीले कोरोना जोखिम झन् बढ्यो
-
कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर
-
सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश
-
जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि…
-
कोरोनाका सिकिस्त बिरामी बढ्दै, १८ वर्षमुनिका बालबालिका पनि अस्पतालमा
-
दिनभरि माछा मारेर २ सय पनि नकमाउने लछुमन माझीलाई जब साढे ५ करोड कर छली गरेको पत्र आयो…
-
काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्नेसम्मको तयारी
-
फेरि होला लकडाउन ?
-
अब दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध
-
सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट
-
अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिनमा राखिने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ५ विहीबार)
-
चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ घाइते
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत १ गते आइतबार)
-
रेड पाण्डाको सात थान छालासहित सोलुखुम्बुबाट तीन जना पक्राउ
-
मंगलबारदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
-
डढेलो १० वर्षयताकै उच्च : फायर फाइटिङ हेलिकप्टर ल्याउन दुई अर्ब माग
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र १९ बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ११ बुधबार)
-
नेपालमा प्रदुषणले रेकर्ड तोड्यो (भिडियो रिपोर्ट)