विवाहको प्रलोभन देखाएर पटक-पटक बलात्कार 

विवाहको प्रलोभन देखाएर पटक-पटक बलात्कार 
प्रतिकात्मक तस्वीर
मङ्लबार, फाल्गुन २५, २०७७

भक्तपुर– गत फागुन ११ देखि १४ गतेसम्म मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर एक १७ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिराहा धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको छ ।

पीडित उदयपुर गाईघाटकी किशोरीलाई विभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याई जबर्जस्ती करणी गरेको पीडित किशोरीकले गत शुक्रवार जाहेरी दिएपछि प्रहरीले चौधरीलाई कौशलटारस्थित कोठाबाटै पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।