आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत १ गते आइतबार)

ज्यो. हरि पन्त
आजको पञ्चांग
आज मिति २०७७ चैत १ गते आइतबार, इस्वीसंवत मार्च १४ तारिक सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुन शुक्लपक्ष चलिरहेको छ ।
सौरमान अनुसार आज फाल्गुन शुक्लपक्षको प्रतिपदा तिथि रहनेछ । आज उत्तरभाद्रपदा नक्षत्र, विष्कुम्भादि योगमा शुक्ल, करणमा बालब, आनन्दादि योगमा स्थिर रहनेछ ।
सूर्य मीन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान २९ घटि ४६ पला अर्थात ११ घण्टा ४५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर १७ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ११ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष : मेष राशि भएकाहरूका आज पनि समय खराब छ । सरकारी कर्मचारीका लागि समस्या आउन सक्छ । ईष्टमित्रसँग विवाद, व्यवसायमा सोचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो नदेखिने देखिन्छ । स्वास्थ्यमा पनि गडबडी हुनसक्ने सम्भावना बलियो छ । समय खराब चलिरहेकाले आज र भोलि विशेष सतर्क हुनुहोला । यात्राको त्यसमाथि पनि दक्षिण दिशाको यात्रा गर्नु ठीक छैन ।
वृष : वृष राशि भएकाहरूका लागि आज र भोलि समय शुभ रहनेछ, मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र कुखुरा पालनबाट उचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रबाट सम्मान पाइने योग समेत देखिन्छ । वैदेशिक क्षेत्रबाट धन प्राप्त हुनेछ ।
मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । स्वास्थ्यमा यसअघि समस्या थिए भने सुधार आउने छ । सामाजिक सङ्घ÷संस्था, चित्रकला, साहित्य, सङ्गीत, पत्रकारिता एवम् होटल व्यवसाय लगायतका पेशा व्यवसायबाट आर्थिक लाभ, तपार्इं भाडाको गाडी चालक हुनुहुन्छ भने आज निश्चित रूपमा फाइदामा रहनु हुनेछ । धार्मिक यात्रा फलदायी रहने ज्योतिष वैज्ञानिक दृष्टकोणमा देखिन्छ ।
कर्कट : आज कर्कट राशिका लागि आज र भोलि समय खराब रहनेछ । स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । कुनै पनि व्यक्तिसँग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । जताबाट पनि हानी नोक्सानी मात्रैको भएकोले सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला । भ्रमण यात्रा गर्दै हुनुहुन्छ भने विचार गर्नुहोला । किनकि समय खराब छ ।
सिंह : आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छैन । आफ्नै व्यक्तिसँग कुरा नमिल्ने, मन चञ्चल रहन सक्नेछ । कार्यक्रममा असफलता, कम्मर दुख्ने रोग, पेटमा गडबडी हुन सक्नेछ खानपानमा विशेष ध्यान पु¥याउनुहोला । चिसो, शूल–वायूको सम्भावना, गर्न खोजेको कार्यमा अवरोध, अनावश्यक चिन्ता बढ्दै जानेछ ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय राम्रै छ । टाढा नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आÇनो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ ।
तुला : तुला राशि भएकाहरूका लागि आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने योग छ । नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । वादविवाद तथा कुनै प्रतिस्पर्धात्मकमा तपाइँको जीत अवश्य हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरुको उदय हुनेछ ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ । समग्रमा समय खराब छन्, यात्रा तथा लेनदेनमा सावधान हुन आवश्यक देखिन्छ ।
धनु : धनु राशिका लागि आज समय खराब छ । पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुनेछ । लेनदेन, जग्गाको विवाद उत्कर्षमा पुग्नेछ, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन् । आज दक्षिण दिशाको यात्रा घातक हुन सक्ने, सकभर यात्रा नै नगर्नुहोला ।
मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नयाँ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुन सक्छ । नयाँ पुराना सबै मित्रसँग भेट हुन पाइने मौका रहनेछ । तीर्थ यात्रा तथा लेनदेन समेत फलदायी हुनेछ । टाढाबाट धन प्राप्ति हुनाले मानसिक प्रशन्नता बढ्नेछ ।
कुम्भ : कुम्भ राशिका लागि आज नित्य कार्यबाट बञ्चित हुनुपर्ने छ । आज अत्यन्तै विश्वास गरिएका व्यक्तिबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं समयको नोक्सान हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । काममा सतर्क हुनुहोला । धार्मिक बाहेक अन्य काममा धन लगानी नगर्नुहोला ।
मीन : मीन राशि भएकाहरूका लागि आज धेरैजसो समय सुखमय देखिन्छ । भाग्यस्थानको चन्द्रमाको सकारात्मक प्रभावका कारण सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्यवाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर, बढ्नुका साथै भाग्यले पनि साथ दिनेछ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ । समय सबै प्रकारले शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।
साइत : आज चन्द्रमा मीन राशिमा छन् । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ६:२१ बजेदेखि ७:५० बजेसम्म उद्धेग बेला
बिहान ७:५० बजेदेखि ९:१८ बजेसम्म चर बेला
बिहान ९:१८ बजेदेखि १०:४६ बजेसम्म लाभ बेला
बिहान १०:४६ बजेदेखि १२:१४ बजेसम्म अमृत बेला
बिहान १२:१४ बजेदेखि १:४२ बजेसम्म काल बेला
दिनमा १:४२ बजेदेखि ३:११ बजेसम्म शुभ बेला
दिनमा ३:११ बजेदेखि ४:३९ बजेसम्म रोग बेला
दिउँसो ४:३९ बजेदेखि ५:०७ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा ४:३० देखि ६:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७:४२ उत्तर तथा देशान्तर ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
-
काठमाडौँको एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
-
कोरोनाविरूद्ध ट्राफिक प्रहरीले थाल्यो ‘सचेतना अभियान’
-
नेपालमा थप ४९६ जनामा कोरोना भाइरस संक्रमण, १३ जनाको मृत्यु
-
बुटवलमा एकैदिन तीन जना कोरोना सङ्क्रमितको मृत्यु
-
बुधबारदेखि नयाँ बसपार्कका टिकट काउण्टर बन्द हुने
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ६९ बढी संक्रमित
-
कोरोना संक्रमणको जोखिम बढ्यो, असुरक्षित बन्दै काठमाडौँ
-
खेलाँचीले कोरोना जोखिम झन् बढ्यो
-
कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर
-
सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश
-
जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि…
-
कोरोनाका सिकिस्त बिरामी बढ्दै, १८ वर्षमुनिका बालबालिका पनि अस्पतालमा
-
दिनभरि माछा मारेर २ सय पनि नकमाउने लछुमन माझीलाई जब साढे ५ करोड कर छली गरेको पत्र आयो…
-
काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्नेसम्मको तयारी
-
फेरि होला लकडाउन ?
-
अब दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध
-
सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट
-
अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिनमा राखिने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ५ विहीबार)
-
चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ घाइते
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत १ गते आइतबार)
-
रेड पाण्डाको सात थान छालासहित सोलुखुम्बुबाट तीन जना पक्राउ
-
मंगलबारदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
-
डढेलो १० वर्षयताकै उच्च : फायर फाइटिङ हेलिकप्टर ल्याउन दुई अर्ब माग
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र १९ बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ११ बुधबार)
-
नेपालमा प्रदुषणले रेकर्ड तोड्यो (भिडियो रिपोर्ट)
-
काठमाडौँको एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
-
कोरोनाविरूद्ध ट्राफिक प्रहरीले थाल्यो ‘सचेतना अभियान’
-
नेपालमा थप ४९६ जनामा कोरोना भाइरस संक्रमण, १३ जनाको मृत्यु
-
बुटवलमा एकैदिन तीन जना कोरोना सङ्क्रमितको मृत्यु
-
बुधबारदेखि नयाँ बसपार्कका टिकट काउण्टर बन्द हुने
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ६९ बढी संक्रमित
-
कोरोना संक्रमणको जोखिम बढ्यो, असुरक्षित बन्दै काठमाडौँ
-
खेलाँचीले कोरोना जोखिम झन् बढ्यो
-
कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर
-
सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश
-
जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि…
-
कोरोनाका सिकिस्त बिरामी बढ्दै, १८ वर्षमुनिका बालबालिका पनि अस्पतालमा