बाँदरको यो स्टन्ट हेर्नुहोस खुसी हुनुहोस् (भिडियो)

बाँदरको यो स्टन्ट हेर्नुहोस खुसी हुनुहोस् (भिडियो)
आइतवार, चैत्र १, २०७७

काठमाडौँ– बुढापाकाहरू भन्ने गर्छन् – बाँदर जतिसुकै बुढो होस्, उफ्रिन छाड्दैन । त्यस्तै भएको छ ।

सामाजिक सञ्जालमा आजकल एउटा बाँदरको भिडियो निकै भाइरल भएको छ । खुसीका कारण बाँदरले ६ पटकसम्म उफ्रेर फ्लिप गरेको छ ।

बाँदरको यस्तो स्टन्ट देखेर सामाजिक सञ्जाल फेसबूक र ट्वीटर प्रयोगकर्ताहरूले तारिफसमेत गरेका छन् ।

यो भिडियो भारतका वन सेवा अधिकारी सुशान्त नन्दाले ट्वीटरमा शेयर गरेका थिए । उनले क्याप्सन लेखेका छन्, ‘बिनाकारण खुसी हुनुको मजा अर्कै छ । दुखको कारण त जिन्दगीमा धेरै छन् ।’

यो भिडियोमा बाँदरले ६ पटकसम्म उफ्रेर फ्लिप गरेको छ । बाँदरको स्फूर्ति देख्न लायक छ । भिडियोमा देख्न सकिन्छ कि बाँदर ६ पटक फ्लिप गर्दै जमिनमा उभिएको छ ।

यस भिडियोलाई अहिलेसम्म २७ हजार भन्दा बढीले हेरिसकेका छन् । २८ सय भन्दा बढीले यसलाई लाइक गरेका छन् भने ३ सय ९५ पटक यसको रिट्वीट गरिएको छ ।

एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन् – बाँदरको यस कलालाई मान्नुपर्छ । अर्काले लेखेका छन् – यो पोस्ट हेरेपछि मेरो अनुहारमा खुसी छाएको छ ।