यस्तो छ आजको शुभ साइत

यस्तो छ आजको शुभ साइत
शनिबार, चैत्र ७, २०७७

साइत : आज चन्द्रमा वृषराशिमा छन् । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शनिबार परेकाले पूर्वदिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६ः११ बजेदेखि ७ः४१ बजेसम्म कालबेला
बिहान ७ः४१ बजेदेखि ९ः११ बजेसम्म शुभ बेला
बिहान ९ः११ बजेदेखि १०ः४१ बजेसम्म रोगबेला
बिहान १०ः४१बजेदेखि १२ः१२ बजेसम्म उद्धेग बेला
बिहान १२ः१२ बजेदेखि १ः४२ बजेसम्म चरबेला
दिनमा १ः४२ बजेदेखि ३ः१२ बजेसम्म लाभ बेला
दिनमा ३ः१२बजेदेखि ४ः४२ बजेसम्म अमृत बेला
दिउँसो ४ः४२ बजेदेखि ५ः१३ बजेसम्म कालबेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)