सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट

सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट
सोमवार, चैत्र १६, २०७७

काठमाडौँ – सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट भएको छ ।

सोमबार दिउँसो अदालत परिसरमा अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबीच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटमा दुई जनाबीच भिडन्त भएको थियो ।

गुप्ताले जोशीबाट पाँच वर्षअघि एक लाख रुपैयाँ लिएको र त्यही रकमको विषयमा कुटाकुट भएको खुलेको छ । अधिवक्ता जोशीले पैसा मागेपछि दुईबीच हात हालाहाल भएको हो । जोशीको मुखमा चोट लागेको छ ।