कोरोनाले २४ घन्टामा करिब साढे सात हजारको मृत्यु

कोरोनाले २४ घन्टामा करिब साढे सात हजारको मृत्यु
मङ्लबार, चैत्र १७, २०७७

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वभर ७ हजार ४८८ जनाको मृत्यु भएको छ  ।

सो अवधिमा ४ लाख ४० हजार संक्रमित थपिएका छन् । ब्राजिलमा सबैभन्दा बढी १ हजार ९६९ जनाको मृत्यु भएको छ भने अमेरिकामा ६३२ जनाले ज्यान गुमाएका छनु ।

इटालीमा ४१७, भारतमा २६६, फ्रान्समा ३६०, रुसमा २९३ जनाको मृत्यु भएको छ ।