नेपालमा प्रदुषणले रेकर्ड तोड्यो (भिडियो रिपोर्ट)

पुष्कर खतिवडा
काठमाडौं शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण अत्यधिक मात्रामा बढेको छ । जसको प्रभाव सडकदेखि वायुमण्डलसम्म परेको छ ।
लामो समयको खडेरीले हावा सुख्खा भएको छ । हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा ल्याएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको हो । यसरी काठमाडौंमा बढेको प्रदुषण प्रभावका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको सोमबारको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरीसकेको छ ।
भिडियो रिपोर्ट हेर्नुहोस्:
अव्यवस्थित शहरीकरण, सडकको धूलो, गाडीले फाल्ने धूवाँ र इँटाभट्टाबाट निष्कने प्रदुषण तथा फोहोरले काठमाडौं उपत्यका दिनप्रतिदिन बस्न अयोग्य शहरका रुपमा परिणत भएका बेला अहिले बढेको प्रदूषणका कारण मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने वातावरण विभागले जनाएको छ । विभागका अनुसार शुक्रबारदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दा बाक्लो तुवालोका कारण आँखा पोल्ने समस्या देखिएको छ । साथै स्वासप्रवासमा पनि समस्या देखिने भएकाले विभागले घर भित्रै बस्न नागरिकलाई सुझाव दिएको छ ।
लगातार ४ दिनदेखि आकाश कुहिरोले ढाकिएपछि र काठमाडौं उपत्याकामा घाम नलागेको कारणले बायु प्रदुषण बढेको छ । वातावरण विभागका अनुसार यो मौसममा प्रदुषण बढ्ने हुन्थ्यो तर यो बर्ष जस्तो प्रदुषण इतिहासमा नै पहिलो हो । यसरी प्रदुषण बढ्नुमा तराईमा भएका आगलागीका घटना कारक रहेको विभागले जनाएको छ ।
यता जल तथा मौसम विज्ञान विभाग अन्र्तगतको मौसम पूर्वानुमान महाशाखा भने काठमाडौं उपत्यका कचौरा आकारको हुनु, यहाँ प्रदुषण बढाउने सवारीको चाप बढि हुनु, तराईको डढेलोको धुवा आउनु, पानि नपर्नु, हावा नचल्नु र बंगलकोखाडीको प्रभाव नेपालमा देखिनु लगायतका कारणले प्रदुषणको कण उडेर बाहिर जान नपाउदाँ प्रदुषण तुवालो स्वरुपमा बसेको हो ।
सामान्य अवस्थामा एअर क्वाली इन्डेक्स (एक्यूआई) ५० रहनु पर्नेमा शुक्रबार काठमाडौंमा प्रदुषणको एअर क्वाली इन्डेक्स (एक्यूआई) ४ सय ७० नाघेको विभागले जनाएको छ । यो प्रदुषण अन्य समयको भन्दा पाच गुणा खराब हो । विश्व स्वास्थ्य संगठनले एक्यूआई ३०० भन्दा बढी हुनुलाई ‘घातक’ भनेको छ । यस्तोमा स्वास्थ्य संकटकाल लाग्न सक्ने अवस्था आउन सक्छ । जसकालागी विभागसहित अन्य सरोकारवाला निकायले तयारी गर्नुपर्ने हुन्छ ।
विभागका अनुसार यसरी देशभर प्रदुषण बढेको बेला सकभर घरको झ्याल ढोका थुनेर बस्नुपर्ने, घरबाहिर निस्कँदा मास्क लगाउनु पर्ने र जोखिम बर्गलाई बिशेष ख्याल गर्नुपर्ने हुन्छ ।
मौसम चिसो हुनु, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुँवाका कणहरु सतहको नजिक थिग्रिएको अवस्था छ । मध्य र उच्च तहको बादल अडेर बसेका कारण प्रदुषण छरिन नपाएकाले उपत्यकामा अहिले सीमा रेखाभन्दा धेरै माथि वायु प्रदुषण बढेको छ । अहिले वायु प्रदूषणका कारण केही दिनयता चन्द्रमा र सूर्य पनि रातो देखिएका छन् । यस्तोमा काठमाडौं उपत्यकासहित देशका कैयौँ भेगमा फैलिएको प्रदूषण तत्काल हट्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
सोमवार बिहानसम्म नेपालका ३४ जिल्लाका ११५ स्थानमा विगत २४ घण्टादेखि डढेलो लागेको देखिएको थियो । भूउपग्रहबाट सङ्कलन गरिने त्यस्तो प्रत्यक्ष विवरणले यद्यपि डढेलोले ओगट्ने क्षेत्रफल भने नदेखाउने हुनाले प्रदूषणमा तिनको स्पष्ट भूमिका भने स्थानीय रूपमा प्राप्त विवरणले मात्र दिन सक्ने अधिकारीहरू बताउँछन् । यस्तोमा पोखरा, जुम्ला, धनकुटाजस्ता देशका अन्य भागमा पनि वायु ’अस्वस्थ’ देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसरी उपत्यकाको वातावरणमा बढेको प्रदुषण र यसको तुवाँलोले काठमाडौंको आकासको भिजिविलिटी (हावाको पारदर्शीपन) कमजोर बनेसँगै सबै हेलिकोप्टर ग्राउण्डेड बनेका छन् । अहिले आकस्मिक अवस्थामा पनि काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट हेलिकोप्टर उड्न सक्दैन । यस्तो अवस्थामा नेपाली सेनाको हेलिकोप्टर उडाउने गरिन्छ । हेलिकोप्टरका लागि भने नागरिक उड्डयन सम्बन्धी नियम लाग्दैन । सोहीकारण आपतकालिन अवस्थामा भने सेनाले कम भिजिविलिटीमा समेत हेलिकोप्टर उडाउने गर्छ । काठमाडौं विश्वका सबैभन्दा प्रदुषित शहरको सूचीमा समेत छ । यस्तोमा कोरोना महामारीका बेला भएको उपत्यकाको बायु प्रदुषणले आँखा पोल्ने, खोकी लाग्ने, रुघा लाग्ने, छाला चिलाउने लगायतका लक्षण अल्पकालीन रुपमा देखिने छ । साथै मुटु, फोक्सो तथा मस्तिष्कमा असर हुनुका साथै क्यान्सरसम्मको दिर्घकालिन जोखिम हुने गर्दछ ।
-
कुवेतमा अवैध बसेका श्रमिकलाई स्वदेश फर्किने समय एक महिना थप
-
त्रिकोणात्मक क्रिकेट आजबाट, नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक
-
अबको एक साता देशव्यापी रुपमा बदली र वर्षा जारी रहने
-
मुख्यमन्त्री बन्ने कँडेलको चौथो प्रयास पनि असफल
-
विश्वभर ११ करोड ९३ लाख कोरोना भाइरस संक्रमित निको
-
जर्मन चान्सलर मर्केलले लगाइन् कोरोनाविरूद्धको खोप
-
भारतमा एकैदिन २ लाख ३३ हजारमा कोरोना भाइरस संक्रमण
-
इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी
-
मौसमः आइतबारसम्म नै असिनापानीको सम्भावना
-
कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च
-
असिनाले तरकारी नष्ट
-
ओलीको निम्तो प्रचण्डबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं
-
कर्णालीमा ओलीको असफल प्रहार : फ्लोर क्रसको तरंग केन्द्रमा
-
तीन सय स्थानका सडकमा मेलम्चीको पानी चुहावट
-
दिनभरि माछा मारेर २ सय पनि नकमाउने लछुमन माझीलाई जब साढे ५ करोड कर छली गरेको पत्र आयो…
-
काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्नेसम्मको तयारी
-
फेरि होला लकडाउन ?
-
अब दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध
-
सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट
-
अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिनमा राखिने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ५ विहीबार)
-
चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ घाइते
-
रेड पाण्डाको सात थान छालासहित सोलुखुम्बुबाट तीन जना पक्राउ
-
मंगलबारदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
-
एमसीसी सम्झौता अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-
डढेलो १० वर्षयताकै उच्च : फायर फाइटिङ हेलिकप्टर ल्याउन दुई अर्ब माग
-
जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि…
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र १९ बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ११ बुधबार)
-
कुवेतमा अवैध बसेका श्रमिकलाई स्वदेश फर्किने समय एक महिना थप
-
त्रिकोणात्मक क्रिकेट आजबाट, नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक
-
अबको एक साता देशव्यापी रुपमा बदली र वर्षा जारी रहने
-
मुख्यमन्त्री बन्ने कँडेलको चौथो प्रयास पनि असफल
-
विश्वभर ११ करोड ९३ लाख कोरोना भाइरस संक्रमित निको
-
जर्मन चान्सलर मर्केलले लगाइन् कोरोनाविरूद्धको खोप
-
भारतमा एकैदिन २ लाख ३३ हजारमा कोरोना भाइरस संक्रमण
-
इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी
-
मौसमः आइतबारसम्म नै असिनापानीको सम्भावना
-
कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च
-
असिनाले तरकारी नष्ट
-
ओलीको निम्तो प्रचण्डबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं
-
कर्णालीमा ओलीको असफल प्रहार : फ्लोर क्रसको तरंग केन्द्रमा
-
तीन सय स्थानका सडकमा मेलम्चीको पानी चुहावट