‘सी’ डिभिजन लिग: आज दुई खेलहरु हुँदै

‘सी’ डिभिजन लिग: आज दुई खेलहरु हुँदै
बुधबार, चैत्र १८, २०७७

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा विरगंज युनाईटेड र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।विरगंज र चर्चबीचको खेल १२:३० बजे सुरु हुनेछ ।यस्तै दोस्रो खेलमा महाबिर क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

महाबिर र झापाबीचको खेल दिउसो ३:३० बजे सुरु हुनेछ  लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ।

यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।