पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको अधिकांश गाउँमा पानीको धारा पुगेपछि स्थानीय खुसी

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको अधिकांश गाउँमा पानीको धारा पुगेपछि स्थानीय खुसी
बुधबार, चैत्र १८, २०७७

नवलपरासी ।  पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको अधिकांश गाउँमा पानीको धारा पुगेपछि स्थानीय खुसी भएका छन ।

१० हजारभन्दा वढि घरधुरी रहेको नगरपालिकाका सवैजसो घरमा अहिले खानेपानीको धारा पुगेको छ । विहानै ४ बजे उठेर डोकोमा गाग्री बोकेर पानी लिन पधेरो, कुवा, मुहान धाउनु पर्ने बाध्यताको अन्य भएपछि स्थानीय खुसी भएका छन ।

देवचुली नगरपालिकाको प्रगतिनगर, रजहर, दलदले जस्ता मुख्य बजारमा मात्र नभएर कृतिपुर, मुण्डे, बन्दीपुर जस्ता ठाउँमा पनि खानेपानी पुगेको छ । अहिले पानीका धारा घरघरमै पुगेपनि खानेपानी आयोजना भने नयाँ होइनन । विगत २०÷२५ बर्ष अघिदेखि सञ्चालनमा रहेका खानेपानी आयोजना अहिले पुरा भएका हुन ।

लामो समयदेखिका आयोजना सम्पन्न हुन सकेकोमा उपभोक्ता समितिका पदाधिकारीहरु समेत खुसी भएका छन ।

नगरपालिकाका अधिकांस घरघरमै खानेपानीको धारा जडान गरेर पानी वितरण गरिरहेको भएपनि अझै केहि स्थानमा सामुहिक धारा मार्फत पानी वितरण गरिदै आएको छ । ति स्थानमा समेत प्रतेक घरमा धारा पु¥याउने योजना रहेको नगरपालिकाले जनाएको छ ।

लामो समयदेखिका आयोजना सम्पन्न भएर घरघरमा धारा पुगेका छन । यस्ता आयोजना मर्मत सम्मारमा समेत ध्यान दिन आवश्यक छ ।