महोत्तरीबाट बेपत्ता भएका किशोरी भारतमा फेला

महोत्तरीबाट बेपत्ता भएका किशोरी भारतमा फेला
बुधबार, चैत्र १८, २०७७

महोत्तरी– महोत्तरीबाट बेपत्ता भएका किशोरी भारतमा फेला परेका छन् । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका किशोरी भारतमा फेला परेका हुन् ।

उनीहरु अपहरणमा परेको अनुमान गरिएपनि भारत बिहारको सितामढीमा फेला परेका हुन् । उनीहरुलाई उद्धार गरी ल्याइने प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

सिंहका अनुसार सबै किशोरी सकुशल छन् । मंगलबार दिउँसो घाँस काट्न गएका सातजना सम्पर्कविहीन भएका थिए ।

महोत्तरीका प्रहरी उपरीक्षक दिवेश आचार्यका अनुसार सम्पर्कविहीन भएका सबैजना दलित परिवारका हुन्। सम्पर्कविहीन हुनेहरुमा स्थानीय १२ वर्षीय सीमा पासवान, १२ वर्षीय रञ्जन पासवान, १३ वर्षीय ज्योती पासवान, १३ वर्षीय रीया पासवान, ११ वर्षीय अर्चना पासवान, १७ वर्षीय नगीना पासवान र २० वर्षीय अस्मिता पासवान रहेका छन् ।