फिफा विश्वकप छनौट खेलमा जर्मनी पराजित

फिफा विश्वकप छनौट खेलमा जर्मनी पराजित
बिहिबार, चैत्र १९, २०७७

काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा जर्मनी पराजित भएको छ ।

बुधबार राति भएको खेलमा जर्मनी नर्थ मेसेडोनियासँग २-१ गोल अन्तरले पराजित भएको हो ।घरेलु मैदानमा इल्के गुन्डोगानले एक गोल फर्काएपनि जर्मनीले हार व्यहोरेको हो ।पहिलो हाफको इन्जुरी समयमा गोरान पाण्डेभले गोल गर्दै मेसेडोनियालाई अग्रता दिलाएका थिए ।

खेलको ६३ औं मिनेटमा गुन्डोगानले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।तर, खेलको ८५ औं मिनेटमा एल्जिफ इल्मासले गोल गर्दै मेसेडोनियालाई २-१ को जित दिलाए ।

जर्मनीलाई हराएसँगै मेसेडोनिया समूह ‘जे’ को दोस्रो स्थानमा उक्लिएको छ ।मेसेडोनियाले ३ खेलमा ६ अंक जोडेको छ ।

जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।यस समूहमा अर्मेनिया ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।