भारतमा थप ७२ हजारमा कोरोना संक्रमण पुष्टि

भारतमा थप ७२ हजारमा कोरोना संक्रमण पुष्टि
बिहिबार, चैत्र १९, २०७७

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ७२ हजार ३३० जना कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हादसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्र ३९ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कर्नाटक छत्तीसगढमा पनि चार हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतमा केही समययता कोरोना संक्रमण निरन्तर बढ्दो छ ।