अमेरिकी संसद भवनमा आक्रमण हुदाँ प्रहरी अधिकारीको ज्यान गयो

अमेरिकी संसद भवनमा आक्रमण हुदाँ प्रहरी अधिकारीको ज्यान गयो
शनिबार, चैत्र २१, २०७७

एजेन्सी । अमेरिकाको राजधानी स्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।

संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको थियो । त्यसपछि चालकले प्रहरीलाई अधिकारीमाथि चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।प्रहरीको गोली लागेर आक्रमण संलग्न व्यक्तिको पनि मृत्यु भएको छ ।

संसद भवनमा तीन महिना पहिले (जनवरी ६) तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।

अहिलेको आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको अधिकारीले बताएका छन् ।