मेयर कप महिला टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदै

मेयर कप महिला टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदै
शनिबार, चैत्र २१, २०७७

काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आज (शनिबार) बाट सुरु हुँदैछ ।

टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम एपीएफ क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ ।एपीएफ र प्रदेश–१ बीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

पहिलो दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स–११ बीच खेल हुनेछ । दुई टिमबीच खेल दिउँसो १ बजे सुरु हुनेछ ।चैत २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सउमनले १५र१५ हजार पाउने छन् ।

हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने छन् ।