आयोजक सहारालाई हराउँदै एपीएफ सेमिफाइनलमा

आयोजक सहारालाई हराउँदै एपीएफ सेमिफाइनलमा
शनिबार, चैत्र २१, २०७७

पोखरा– विभागीय टिम एपीएफ क्लब १९ औ संस्करण औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो । एपीएफलाई जित दिलाउन आशिष लामाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा आशिषले निर्णायक गोल गरे ।

प्रदिप लामाको पासमा डिबक्स भित्रबाट आशिषले उत्कृष्ट लेफ्ट फुटेट गोल गरेका थिए । आशिष नै खेलको म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत भोलि मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।