बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा

बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा
आइतवार, चैत्र २२, २०७७

काठमाडौं। कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ।

स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागु हुने गरी सरकारले लकडाउनको घोषणा गरेका हुन्। बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन्।

लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाँडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए।