सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बुधबार, चैत्र २५, २०७७

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बृद्धि भएको छ ।

आज छापावाल सुनको भाउ तोलामा ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन भने आज प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । हिजो मंगलबार तोलामा एक हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।