बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमवार, चैत्र ३०, २०७७

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

साताको दोस्रो दिन आज आइतबारको तुलनामा सुनको मूल्य १०० रूपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ८९ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८९ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी प्रतितोला १२७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।