इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी

इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी
शनिबार, बैशाख ४, २०७८

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा एभर्टन र टोटेनहमले २(२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

एभर्टनको मैदानमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो । ह्यारी केनले २७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३१औँ मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई खेलमा फर्काए । ६२औँ मिनेटमा सिगुर्डसनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई २/१ को अग्रता दिलाए ।

६८औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २(२ को बराबरीमा ल्याउदै टिमलाई हारबाट जोगाए । एभर्टनविरुद्ध दुई गोल गरेका केनले चोट समेत बोक्न पुगे । चोटका कारण केन खेलको ९०औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

बराबरीसँगै एभर्टन ३१ खेलमा ४९ अंकसहित आठौं स्थानमा छ । टोटेनहम ३२ खेलमा ५० अंकसहित सातौँ स्थानमा छ ।