विश्वभर ११ करोड ९३ लाख कोरोना भाइरस संक्रमित निको

विश्वभर ११ करोड ९३ लाख कोरोना भाइरस संक्रमित निको
शनिबार, बैशाख ४, २०७८

काठमाडौँ– विश्वभर ११ करोड ९३ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ६ लाख १७ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या ११ करोड ९३ लाख ९३ हजार ८७१ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८४।९७ प्रतिशत हो ।

यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३० लाख ११ हजार ४८१ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४९४ जनाको मृत्यु भएको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ७९ हजार ९४२ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ३ लाख ६९ हजार २४ जना, भारतमा १ लाख ७५ हजार ६७३ जना, रूसमा १ लाख ४ हजार ७९५ जना, बेलायतमा १ लाख २७ हजार २२५ जना, फ्रान्समा १ लाख ४०४ जना, इटालीमा १लाख १६ हजार ३६६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ लाख २८ हजार ३४० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १४ करोड ५ लाख ३ हजार २८२ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८० लाख ९७ हजार ९३० छ । यसमध्ये १ लाख ७ हजार २१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
फाइल तस्वीरः एपी