त्रिकोणात्मक क्रिकेट आजबाट, नेपाल र नेदरल्याण्ड्स भिड्दै

त्रिकोणात्मक क्रिकेट आजबाट, नेपाल र नेदरल्याण्ड्स भिड्दै
शनिबार, बैशाख ४, २०७८

नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट शृखंला आजबाट शुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा आजबाट हुने त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल, मलेशिया र नेदरल्यान्ड्स सहभागी रहेका छन । आज हुने उद्घाटन खेल आयोजक नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ । खेल आज दिउँसो १ः१५ बजेबाट शुरु हुनेछ । यसअघि शुक्रबार प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्त रुपमा सार्वजनिक गरेका छन ।

कोरोना भाइरसको संक्रमण दर फैलिने त्रासकाबीच आयोजना हुन लागेको शृखंलामा महामारीबाट जोगिन होटलदेखी मैदानसम्म गर्नुपर्ने सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको शृखंलाका निर्देशक माधव कर्माचार्यले जानकारी दिनुभयो ।

त्यस्तै क्यानका महानिर्देशक रौनक मल्लले खेल हेर्न दर्शक दीर्घाका लागि टिकटको व्यवस्था मिलाइएको जानकारी दिनु भयो । प्रतियोगितामा सहभागी सबै खेलाडीको कोरोना परीक्षण भइसकेको कर्मचार्यले जानकारी दिनुभयो ।