प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक

प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक
शनिबार, बैशाख ४, २०७८

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार बैठकमा मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफल हुनेछ ।

विघटित प्रतिनिधिसभा पुनर्स्थापना र साविक नेकपामा आएको विभाजनपछि बढेको राजनीतिक अन्योलताकाबीच डाकिएको बैठकलाई चासोका साथ हेरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले बढ्दै कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यामा दलहरूको धारणा बुझ्ने तयारी गरेका छन् ।

नेकपा ९एमाले०, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी ९जसपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरू संसदमा छन् ।