आईपीएल : पन्जाब किङ्सको जीत

आईपीएल : पन्जाब किङ्सको जीत
शनिबार, बैशाख ११, २०७८

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा पन्जाब किङ्सले साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

शुक्रबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले पराजित गरेको छ ।चेन्नईमा मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पन्जाबले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

पन्जाबको जितमा लोकेश राहुलले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै क्रिस गेलले अविजित ४३ रन बनाए । मायांक अग्रवाल २५ रनमा आउट भए ।मुम्बईका राहुल चाहरले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै सूर्यकुमार यादवले ३३ रन जोड्दा केइरन पोलार्डले अविजित रहदै १६ रन बनाए ।

पन्जाबका रबि बोस्नाई र मोहमद शामीले २/२ विकेट लिए । दिपक होडा र अश्रदिप सिंहले १/१ विकेट लिए ।यससँगै पन्जाबले लिगमा दोस्रो जित निकालेको छ । पन्जाबले ५ खेलमा ४ अंक जोडेको छ ।पन्जाब तालिकाको पाँचौं स्थानमा रहेको छ ।

मुम्बईको यो तेस्रो हार हो । मुम्बईले पनि ५ खेलमा ४ अंक जोडेको छ ।मुम्बई तालिकाको चौंथो स्थानमा रहेको छ ।