टी–२० क्रिकेटमा नेपालको नयाँ कीर्तिमान

टी–२० क्रिकेटमा नेपालको नयाँ कीर्तिमान
शनिबार, बैशाख ११, २०७८

काठमाडौं । नेपालले टी–२० अन्तराष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाएर नयाँ कीर्तिमान बनाएको छ ।

त्रिदेशीय टी–२० प्रतियोगिताअन्तर्गत आज नेदरल्याण्डसँगको खेलमा नेपालले अहिलेसम्मकै ठुलो स्कोर बनाएको हो । नेपालले सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा भुटानविरुद्ध दुई सय ३६ रन बनाएको थियो । जुन त्यो बेला नेपालले बनाएका सर्वाधिक उच्च स्कोर थियो ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा तिन विकेट गुमाउँदै दुई सय ३८ रन बनाएको हो । आजका खेलमा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । उनले जारी सिरिजमा ४ अर्धसतक बनाएर किर्तिमानी पारी खेले । नेपालका लागि अनुभवी खेलाडी दिपेन्द्रसिंह ऐरीले १८ बलमा पाँच चौका र तीन छक्का हान्दै अविजित ४८ रनको योगदान गरे ।