नेपालले जित्यो त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि

नेपालले जित्यो त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि
शनिबार, बैशाख ११, २०७८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ । आज भएको फाइलनमा नेपालले नेदरल्याण्डलाई १ सय ४२ रनले पराजित गर्दै उपाधि जितेको हो ।

नेपालले ११ वर्षपछि पहिलोपटक घरेलु मैदानमा टी–२० क्रिकेटमा उपाधि हात पार्न सफल भएको हो । आजको खेलमा नेपालले टी–२० क्रिकेट प्रतियोगिताकै सबैभन्दा ठुलो स्कोर बनाएर नयाँ कीर्तिमान समेत बनायो । नेपालले फाइनलमा नेदरल्याण्डलाई नेपालले पराजित गर्दै उपाधी सुरक्षीत गरेको हो ।

नेपालका लागि करणले केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ विकेट, कमलसिंह ऐरीले दुई विकेट लिए । २ सय ३८ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको नेदरल्याण्डले १७ दशमलव २ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमात्रै बनाउन सक्यो । नेदरल्याण्डका लागि तीनजना खेलाडीले मात्रै दोहोरो अंक जोड्न सके ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा तिन विकेट गुमाउँदै दुई सय २८ रन बनाएको हो । आजको खेलमा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । उनले जारी सिरिजमा ४ अर्धसतक बनाएर किर्तिमानी पारी खेले ।

नेपालका लागि अनुभवी खेलाडी दिपेन्द्रसिंह ऐरीले १८ बलमा पाँच चौका र तीन छक्का हान्दै अविजित ४८ रनको योगदान गरे । आशिफ सेखले १६ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । आजको खेलमा कुशल मल्लले ५० रन बनाउँदै अर्धशतकीय पारी खेले ।