विश्वको ठूलो पेन्टिङ ७४० करोडमा बिक्यो

विश्वको ठूलो पेन्टिङ ७४० करोडमा बिक्यो
आइतवार, बैशाख १२, २०७८

कलाकारको रचनाको मोल यसका पारखीबीच हुने गर्दछ । उनीहरु ठुलो मुल्य तिरेर ति रचना वा सिर्जनालाई किन्ने गर्दछन् । तर कुनै चित्रकारको एउटा पेन्टिङको मुल्य ७४० करोड पर्ला ?

यो पेन्टिङ यति धेरै मुल्यमा बिक्नुको कारण यो विश्वको सबैभन्दा ठुला पेन्टिङ हो । बेलायतका कलाकार साचा जाफरीले बनाएको पेन्टिङलाई फ्रान्सका व्यवसायी आन्द्रे अब्डोनले ७४० करोड अर्थात ६२ मिलियन अमेरीकी डलरमा किनेका हुन् । साचाले बनाएको सो पे विश्वको सबैभन्दा ठुलो पेन्टिङको नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

यो पेन्टिङको आकार ६ टेनिस कोर्ट जत्तिकै ठुलो छ अर्थात १७ हजार हजार १७६ वर्गफीटमा बनाइएको छ । जर्नी अफ ह्युम्यानिति नामको यस पेन्टिङलाई साचाले आफ्नो मष्तिकमा आएको चित्र उतारेको बताएका छन् । उनको यहि पेन्टिङले उनलाई विश्वभर चर्चित बनाएको छ ।

यस पेन्टिङको लिलामीबाट आएको रकम आवश्यकता भएका गरीब बालबालिकामा खर्च गरीने बताइएको छ । यस पेन्टिङ बनाउनु ताकाको रोचक पक्ष के छ भने साचाले यसलाई बनाउन ७० वटा फ्रेम जोडेका थिए । साथै यसलाई बनाउँदा १ हजार ६५ ब्रस र ६ हजार ३ सय लिटर पेंटको खपत भएको थियो ।