आईपीएल क्रिकेटमा दिल्लीको जित, हैदरावाद पराजित

आईपीएल क्रिकेटमा दिल्लीको जित, हैदरावाद पराजित
सोमवार, बैशाख १३, २०७८

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ ।

आइतबार राति भएको खेलमा दिल्लीले हैदरावादलाई सुपर ओभरमा हराएर चौथो जित निकालेको हो ।

टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । १६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाउँदै १५९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ‌ओभरमा हैदरावादले ७ रन जोड्यो । जवाफमा दिल्लीले ८ रन जोड्दै खेल आफ्नो पक्षमा पार्‍यो ।

यो जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ ।