कोरोना नियन्त्रण गर्न सर्वदलीय संयन्त्र बनाउन माओवादी केन्द्रको माग

कोरोना नियन्त्रण गर्न सर्वदलीय संयन्त्र बनाउन माओवादी केन्द्रको माग
मङ्लबार, बैशाख १४, २०७८

काठमाडौँ– नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन सरकारसँग माग गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कोरोना महामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको हो ।

छिमेकी मुलुक भारतमा कोभिड महामारी भयाभह बनेको अवस्थामा नेपाल–भारत सीमामा हुने आवागमनमा कडाई पूर्वक लागू गर्न र नेपाल आउने नेपाली नागरिकको स्वास्थ्य परीक्षण गर्न सरकारसँग माग गरेको छ ।

यस्तै बैठकले डेडिकेटेड कोभिड अस्पतालहरुरु निर्माण गर्न तत्काल अगाडि बढन माग गरेको छ । अक्सिजन, भेन्टिलेटर र आइसोलेसन सेन्टरहरुको व्यवस्था गर्न, आवश्यक स्वास्थ्य सामग्री र औषधीको व्यवस्था गर्न र अग्रपङ्तीमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीहरु र सुरक्षा कर्मीहरुको लागि काम गर्ने उचित वातावरण निर्माणका लागि पनि माग गरेको छ ।