पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था बिग्रीदै, प्रतिमिनेट १० लिटर अक्सिजन दिइँदै

पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था बिग्रीदै, प्रतिमिनेट १० लिटर अक्सिजन दिइँदै
बिहिबार, बैशाख १६, २०७८

काठमाडौं । कोरोनाभाइरसको संक्रमण भएर राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था बिग्रिएको छ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको छ।

पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई धेरै नै अक्सिजन दिनु परेको छ। डाक्टर जैसवालका अनुसार प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको छ । अस्तिसम्म प्रतिमिनेट २ ३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो। तर उहाँलाई समस्या भएपछि बुधबार आइसियूमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको डाक्टर जैसवालले जानकारी दिए।