निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने
बिहिबार, बैशाख १६, २०७८

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञा लागु भएको छ ।

यो समयमा बैंक तथा वित्तीय संस्थाहरू भने खुला रहने भएका छन् । नेपाल बैंकर्स संघले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको हो ।

संघले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ। सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ।

बैंकका सबै शाखामा ग्राहकको भिडभाड बढी हुने हुँदा भीड कम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए। उनले नगद कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न आग्रह गरे।