आरबी लाइपजिग जर्मन कपको फाइनलमा

आरबी लाइपजिग जर्मन कपको फाइनलमा
शनिबार, बैशाख १८, २०७८

काठमाडौँ – वेर्डेर ब्रेमेनलाई पराजित गर्दै आरबी लाइपजिग जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको सेमिफाइनलमा ब्रेमेनलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै लाइपजिग फाइनलमा पुगेको हो ।

लाइपजिगलाई जित दिलाउन हि–चान ह्वाङ र इमिल फोर्सवर्गले एक एक गोल गरे । ब्रेमेनका लियोनार्दो बिटनकोर्टले एक गोल फर्काए ।

उपाधिका लागि लाइपजिगले अब बोरुसिया डर्टमण्ड र होल्सटेइन केइलबीचको विजेतासँग खेल्नेछ ।