भारतमा एकै दिन ३ लाख ९२ हजार ५६२ जनामा कोरोना संक्रमण, ३६ सय ८८ को मृत्यु

भारतमा एकै दिन ३ लाख ९२ हजार ५६२ जनामा कोरोना संक्रमण, ३६ सय ८८ को मृत्यु
आइतवार, बैशाख १९, २०७८

एजेन्सी- भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ९२ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उक्त अवधिमा ३६ सय ८८ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म संक्रमितको संख्या १ करोड ९५ लाख ४९ हजार ६५६ पुगेको छ । मृतकको संख्या २ लाख १५ हजार ५२३ पुगेको छ ।

यस्तै १ करोड ५९ लाख ८१ हजार ७७२ संक्रमित निको भएका छन् । ३३ लाख ५२ हजार ३६१ सक्रिय संक्रमित रहेका छन् ।