कोरोनाले भारतमा अर्की एक पत्रकार तथा अभिनेत्रीको निधन

कोरोनाले भारतमा अर्की एक पत्रकार तथा अभिनेत्रीको निधन
आइतवार, बैशाख १९, २०७८

काठमाडौँ– पछिल्ला दिन भारतमा कोरोनाको असर निकै देखिएको छ । भारतमा कोरोनाका कारण पछिल्ला केही दिन यता सेलेब्रिटीहरुले ज्यान गुमाएका समाचार पनि आइरहेका छन् ।

यहीबीच भारतकी एक पत्रकार तथा अभिनेत्री कनुप्रियाले पनि कोरोनाका कारण ज्यान गुमाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनी पहिले भारतीय टिभी दूरदर्शनमा काम गर्ने गर्थिन् । पछि उनले फिल्महरुमा पनि अभिनय गरेकी थिइन ।