देशका धेरै ठाउँमा वर्षा, कस्तो रहला आजको मौसम ?

देशका धेरै ठाउँमा वर्षा, कस्तो रहला आजको मौसम ?
आइतवार, बैशाख १९, २०७८

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश ठाउँमा वर्षा भएको जानकारी दिएको छ । गएराति प्रदेश-१ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको महाशाखाले जनाएको हो ।

भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका सबैजसो ठाउँमा वर्षा भएको मौसमविद् समिर श्रेष्ठले बताए ।

अहिले पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज दिनभरिनै मौसम बद्ली हुने अनुमान छ । आज दिनभर पनि वर्षा हुने महाशाखाले जनाएको छ र

आज दिउँसो वाग्मती र गण्डकी प्रदेश लगायत केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । रातिको मौसम पनि यस्तै रहने अनुमान छ ।

भोलि पनि देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख १९ गते (आइतबार)

दिउँसो: देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

२०७८ बैशाख २० गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।

२०७८ बैशाख २१ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायतका अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ। वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुइ स्थानहरुमा मध्यम बर्षाको समेत सम्भावना छ ।