काठमाडौं उपत्यकामा मात्र ३ हजार ५९५ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मात्र ३ हजार ५९५ जनामा कोरोना संक्रमण
आइतवार, बैशाख १९, २०७८

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।