आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
सोमवार, बैशाख २०, २०७८

काठमाडौँ– दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा पुगेको छ ।

गएराति भएको खेलमा पञ्जाब किङ्ग्सलाई हराउँदै १२ अङ्कका साथ दिल्ली शीर्ष स्थानमा पुगेको हो ।

अमदाबादमा पञ्जाबले दिएको एक सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर चार बलमा तीन विकेट गुमाएर भेट्टायो ।

दिल्लीका लागि शिखर धवनले नटआउट ६९ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान मयंक अग्रवालको ९९ सय रनको मद्दतमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो ।

दिल्लीका कागिसो रवाडाले तीन विकेट लिए । हारसँगै पञ्जाब ६ अंकसहित छैठौं स्थानमा छ ।