कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?
सोमवार, बैशाख २०, २०७८

काठमाडौँ– देशभर मौसम बद्ली भएको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज विशेषगरी प्रदेश-१ सहित पहाडी केही ठाउँ र प्रदेश-२ तथा ५ का थोरै ठाउँमा पूर्ण बद्ली र बाँकी अरु ठाउँमा आंशिक बद्ली रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा पनि मौसम बद्लीकै अवस्थामा रहेकाले बेलुकापख पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

अहिले पश्चिमी न्यूनचापीय प्रणालीसहित दक्षिणी क्षेत्र नजिक विकसित भएको न्यूनचापीय क्षेत्र र बङ्गालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख २० गते (सोमबार)

दिउँसो: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

२०७८ बैशाख २१ गते (मंगलबार)

२०७८ बैशाख २२ गते (बुधबार)

दिउँसो: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।