झापाको मेचीनगरस्थित कोइला कारखानामा आगलागी, करोडौंको क्षति

झापाको मेचीनगरस्थित कोइला कारखानामा आगलागी, करोडौंको क्षति
सोमवार, बैशाख २०, २०७८

झापा–झापाको मेचीनगर नगरपालिका–१५ मिलकोटी क्षेत्रस्थित एक वायु ग्यास कोइला कारखानामा सोमबार बिहान आगलागी हुँदा करोडौं क्षती भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार आगलागीबाट कति क्षति भएको विवरण नआइसकेपनि करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्ट भएर आलगाली भएको हो । आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरीको टोली र स्थानीयवासी परिचालित भएका थिए ।

मेचीनगर नगरपालिका, बिर्तामोड र मोरङको उर्लाबारीबाट दमकल आएपछि आगो नियन्त्रणमा आइसेकको छ । बिहान ३ बजेदेखि लागेको आगो नियन्त्रणमा करिब ३ घन्टाभन्दा बढी समय लागेको थियो ।