बढ्यो सुन र चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुन र चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
सोमवार, बैशाख २०, २०७८

काठमाडौँ– आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ४०० रूपैयाँ बढेको हो ।

आज सुन प्रतितोला ९० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार सुन तोलाको ९० हजार रूपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ । आज पाँच रूपैयाँ बढेको चाँदीको मूल्य १ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।