आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७८ वैशाख २१ मंगलबार)

आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७८ वैशाख २१ मंगलबार)
मङ्लबार, बैशाख २१, २०७८

ज्यो. हरि पन्त
आजको पञ्चांग

आज मिति २०७८ वैशाख २१ गते सोमबार, इस्वीसंवत मे ४ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको अष्टमी तिथि रहनेछ । आज श्रवण नक्षत्र, विष्कुम्भादि योगमा शुक्ल, करणमा बालब, आनन्दादि योगमा लुम्व रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान ३३ घटि ६ पला अर्थात १३ घण्टा १० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर २४ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ३९ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका लागि आज दिन र समय मध्यम रहनेछ । चन्द्रमा दशौं भावमा भ्रमण गरिरहेकाले आँटे ताकेका काम अधूरै रहनेछन् । आफन्तले कुरा काट्नेछन् । व्यापार व्यवसायमा मन्दी आउनेछ । मन अस्थिर हुनेछ । नयाँ कामको थालनी नगर्नुहोला । यात्रामा पनि सावधान हुनुहोला ।

मेष राशि भएका व्यक्तिहरुका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय ठीक छैन । चन्द्रमा नवौं भावमा भ्रमण गरिरहेका छन् । त्यसैले एक्कासी नयाँ रोगले दु:ख दिने, आफन्तसंग वादविवादमा फसिने, मनमा नकारात्मक सोचाइ बढ्न सक्ने देखिन्छ । आज जे गर्दै हुनुहुन्छ निकै होसियारीका साथ गर्नुहोला ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग : नीलो, स्वामीराशि : शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । साथै उदाउँदो सूर्यलाई अघ्र्य दिई शिवजीलाई जल चढाउनाले पनि ग्रहबाधा कम हुनेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि समय खराब छ । चन्द्रमा आठौं भावमा भ्रमण गरिरहेकाले तपाइँको आज सरकारी कार्यालयबाट हुने काम बन्नेछैन । आफ्नै सन्तानसंग झगडा हुन सक्छ । दुर्घटनाको सम्भावनालाई पनि नकार्न सकिन्न । आजदेखि दीर्घ रोग पनि देखा पर्नेछ । आज यात्रा र नयाँ कामको थालनी पनि सकभर नगर्नुहोला ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रतिकूल अर्थात कठिन समयमा शनिको मन्त्रजप गर्नाले पनि लाभ मिल्नेछ ।

कर्कट : कर्कट राशिका लागि आज पनि समय शुभ छ । सातौं स्थानमा चन्द्रमा भ्रमण गरिहेकाले टाढाबाट धन आउन सक्छ । परिवारका सदस्यको सहयोगमा यसअघिका अधूरा कार्य आज पूर्ण हुनेछ । नयाँ ठाउँमा पारिवारिक भ्रमण पनि हुन सक्ने योग छ । मनमा शान्ति छाउने छ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएका व्यक्तिहरूले सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र शाकाहारी भोजन ग्रहण गर्नुहोला । बुधवार परेवालाई चारो र असहायलाई सहयोग गर्नाले पनि तपाइँको भाग्यमा वृद्धि हुने र मनोकांक्षा पनि पूरा हुनेछ ।

सिंह : सिंह राशि भएकाहरूका लागि पनि आज समय राम्रो छ । छैटौं भावमा भ्रमण गरिरहेका चन्द्रमाले तपाइँलाई सकारात्मक बाटोतर्फ हिंडाउन भूमिका खेल्नेछन् । आज स्वास्थ्य राम्रो रहनेछ । शत्रुमाथि तपाइँको जीत हुनेछ । पढाइ लेखाईमा ध्यान केन्द्रित हुने देखिन्छ । समय अत्यन्तै शुभ रहेकाले नयाँ कार्यको थालनी आज गर्न सक्नुहुनेछ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएका व्यक्तिहरूले बंगलामुखी देवीको पूजा, शनिबार पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । राहु तथा केतु ग्रहको नकारात्मक प्रभावबाट बच्नका लागि बटुक भैरवको पूजा गर्दा लाभ मिल्नेछ । वृहस्पति ग्रहको दोष शान्त पार्न शिवजी, सबै अनिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा गर्नुहोला ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । चन्द्रमा तपाइँको राशिमा पाचौं स्थान बनाएर भ्रमण गरिरहेकाले यात्रामा समस्या आउनेछ । दु:ख पर्ने खबर सुन्नुपर्नेछ । जे काम गर्न खोजेपनि अवरोधको सामना गर्नुपर्ने देखिन्छ । मनमा तनाव उत्पन्न हुनेछ, संयम हुनुहोला ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । यो राशि भएका व्यक्तिले हरियो कपडा लगाउदा राम्रो हुनेछ । कन्या राशि भएकाहरूले गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । मंगलवार र शनिवार दुर्गा र हनुमान चालिसाको पाठ गर्ने, प्रत्येक बुधबार गाईलाई हरियो घाँस दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज समय भरपर्दो छैन । चौथो स्थानमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैको प्रभावले आर्थिक संकट पर्न सक्नेछ । आज लेनदेनको कारोबार नगर्नुहोला । खानामा गड्बढी हुनाले पेटरोगको सामना गर्नुपर्नेछ । औषधि उपचारमा खर्च गर्नुपर्ने देखिन्छ । आफन्त पनि विनाकारण निहुँ खोज्दै आउनेछन् । समय खराब रहेकाले सर्तक हुन आवश्यक छ । आज भगवती देवीको दर्शन र पूजा, बृहस्पतिको मन्त्रजप गर्नाले राम्रो हुनेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । तपाइँले नीलो रंगको कपडा लगाउँदा मनमा शान्ति छाउनेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । तृतीय भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैले तपाइँको मन शान्त हुनेछ । कामबाट आर्थिक लाभ हुनेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आज गर्नुहोला । धार्मिक कार्यमा धन जानेछ । आर्थिक पक्ष सबल रहनाले सहयोग गर्ने मन लाग्नेछ ।

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा र शनि ग्रहकै मन्त्र जप गर्दा लाभ मिल्नेछ । तपाइँले मन शान्त राख्नका लागि रातो रंगको कपडा लगाउदा राम्रो हुनेछ ।

धनु : धनु राशिका लागि आज पनि समय अत्यन्तै खराब छ । द्धितीय भावमा अर्थात शत्रु भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसको नकारात्मक प्रभावमा तपाइँ हुनुहुन्छ । तपाइँलाई आज आँखामा समस्या देखिन सक्छ । बिरोधीहरू पनि बढ्नेछन् । प्रेममा धोका पनि हुन सक्छ । नगद पैसा हराउन सक्छ । स्वास्थ्यमा पनि समस्या देखिने योग रहेकाले सर्तक हुनुहोला ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । धनु राशि भएकाहरूले शनिस्तोत्र पाठ गर्दा समय फलदायी बनाउन सक्नुहुनेछ । प्रत्येक शनिबार पीपलमा जल चढाउन सके शनिग्रह शान्त हुनेछन् । तपाइँले आफ्नो मन शान्त राख्नका लागि पहेंलो रंगको कपडा लगाउनुहोला । साथै गुरु अर्थात वृहस्पतिको मन्त्र जप गर्दा राम्रो हुनेछ ।

मकर : मकर राशि भएकाहरूका लागि आज अत्यन्तै समय राम्रो रहनेछ । आफ्नै भाग्य स्थानमा चन्द्रमा भ्रमण गरिरहेका छन् । यसको सकारात्मक प्रभावले आज आदर सत्कार पाइने ठाउँमा सरिक हुन पाइनेछ । विद्यामा प्रगति र प्रेम सम्बन्ध सुमधुर हुनेछ । स्वास्थ्य मजबूत र यात्रा फलदायी रहनेछ । नयाँ कामको थालनी गर्नका लागि आज उपयुक्त समय रहेको छ ।

मकर राशि भएका व्यक्तिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । तपाइँले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । तपाइँले आफ्नो मन शान्त राख्नका लागि कालो रंगको कपडा लगाउनुहोला ।

कुम्भ : कुम्भ राशिका लागि आजको दिन त्यति अनुकूल देखिएको छैन । १२औं भावमा रहेका चन्द्रमाले मानसिक पीडा, मानहानी हुन सक्नेछ । आफन्त धोका दिन सक्नेछन् । आर्थिक कारोबार आज नगर्नुहोला । गरिरहेको काममा चित्त बुझ्ने छैन । खर्चमा एक्कासी वृद्धि हुने योग छ । तपाइँले मन शान्त राख्न कालो रंगको कपडा लगाउनुहोला ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । तपाइँले हनुमान चालिसाको पाठ, शिवजीको दर्शन, पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ । भोका व्यक्तिलाई भोजन र असाहाय व्यक्तिलाई वस्त्रदान गर्नाले तपाइँको भाग्यमा वृद्धि हुनेछ ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय शुभ रहनेछ । ११औं भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैले धन र जमीन लाभ हुनेछ । खुशीका खबर हुन्न पाइनेछ । मान सम्मान पनि आज तपाइँलाई मिल्न सक्छ । साथी भाइको सहयोगले आँटेका कार्य पूर्ण हुनेछ । तपाइँले आफ्नो मन शान्त राख्नका लागि पहेंलो रंगको कपडा लगाउनुहोला ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले हरेक दिन गणेशजी तथा विष्णु भगवानको पूजा गर्दा ग्रहपिडा कम हुनेछ । शनिवार महामृत्युञ्जयको जप गरेर र कुकुरलाई रोटी दिनाले पनि काममा सफलता मिल्नेछ । साथै घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

साइत : आज चन्द्रमा मकर राशिमा छन् । त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज मंगलबार परेकाले उत्तम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ५:२५ बजेदेखि ७:०४ बजेसम्म रोग बेला
बिहान ७:०४ बजेदेखि ८:४३ बजेसम्म उद्धेग बेला
बिहान ८:४३ बजेदेखि १०:२२ बजेसम्म चर बेला
बिहान १०:२२ बजेदेखि १२:०१ बजेसम्म लाभ बेला
बिहान १२:०१ बजेदेखि १:४० बजेसम्म अमृत बेला
दिनमा १:४० बजेदेखि ३:१९ बजेसम्म काल बेला
दिनमा ३:१९ बजेदेखि ४:५७ बजेसम्म शुभ बेला
दिउँसो ४:५७ बजेदेखि ६:३६ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३:०० देखि ४:३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७:४२ उत्तर तथा देशान्तर ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)