इलाममा २ कोरोना संक्रमितको मृत्यु

इलाममा २ कोरोना संक्रमितको मृत्यु
मङ्लबार, बैशाख २१, २०७८

इलाम– इलाममा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम नगरपालिकाका एक पुरुष र एक महिला रहेको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । दुवैको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै आज थप १७ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित इलाम नगरपालिका भित्रका १६ जना र माइजोगमाई गाउँपालिकाका एक जना रहेका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिए ।

कोरोना संक्रमणको लहर शुरू भएपछि हालसम्म इलाममा चार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७१ पुगेको छ ।