भारतबाट किन आएन १० लाख डोज खोप नेपाल ?

भारतबाट किन आएन १० लाख डोज खोप नेपाल ?
बुधबार, बैशाख २२, २०७८

काठमाडौं – भारतबाट आउने १० लाख कोभिसिल्ड खोप रोक्न कमिसनको चलखेल भएको विषयले अहिले व्यापक चर्चा पाएको छ । जसको चौतर्फी विरोध भएको छ ।

बेलायतको अक्सफोर्ड विश्‍वविद्यालयले विकास गरेको अष्ट्राजेनिका खोपको व्यावसायिक उत्पादन भारतको पुणेस्थित सेरुम इन्स्टिच्यूट इण्डिया प्रालिले सुरु गरेपछि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दियो ।

नेपालले सेरमसँग थप २० लाख डोज खोपको सम्झौता गरेको थियो । त्यसमा १० लाख डोज खोप आइसकेको थियो । १० लाख डोज खोप आउन बाँकी थियो ।

तर, आफूले कमिसन पाउनुपर्ने भन्दै सेरुम इन्स्टिच्यूटका नेपाली कमिसन एजेण्ट ले रोकेको बुझिएको छ ।

त्यसपछि नै सेरुमले अचानक स्वास्थ्य मन्त्रालयलाई सम्झौता भइसकेको १० लाख डोज खोप दिन आनाकानी गर्दै स्थानीय एजेण्टमार्फत् प्रक्रिया अघि बढाउन आग्रह गर्दै पत्र पठाएको बुझिएको छ ।