सिंहदरबार गेटैमा मन्त्रीको गाडीमा उपसचिवको गाडी ठोक्कियो

सिंहदरबार गेटैमा मन्त्रीको गाडीमा उपसचिवको गाडी ठोक्कियो
सोमवार, जेष्ठ ३, २०७८

काठमाडौँ– सिंहदरबारको मूल गेटमै सोमबार दिउँसो मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडीमा क्षति भएको छ ।

सिंहदरबारको पश्चिम गेटमा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङको को १ झ ६९९ नम्बरको गाडीमा नागरिक उड्डयन मन्त्रालयका उपसचिव गुरु खतिवडाले चलाएको बा २ झ २९६१ नम्बरको गाडी पछाडिबाट ठोक्किएको हो ।

मन्त्रीको गाडी बिना संकेत देब्रे मोडिएर सिंहदरबार छिर्न खोज्दा पछाडिको गाडी ठोक्किएको हो । तर महानगरीय ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले भने दुवै गाडी एउटै दिशाबाट आइरहेकाले ठोक्किएको र मन्त्रीको गाडीमा सामान्य क्षति पुगेको बताए ।