हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु
मङ्लबार, जेष्ठ ४, २०७८

झापा – झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मेचीनगर ९ का ४५ वर्षीय श्याम राई रहेका छन् । आज बिहान मेचीनगर ९ स्थित मागुरमारी सामुदायिक बन बिट न. १ बाट निस्किएको एउटा जंगली हात्तीलाई खेदाउने क्रममा राईलाई अचानक हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट घाईते राईको उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

६ दिनअघि कमल गाउँपालिका ३ बस्ने ४४ वर्षीय जितबहादुर लिम्बूको पनि हात्तीकै आक्रमणबाट ज्यान गएको थियो ।