लागुऔषध खैरो हिरोइनसहित कैलालीबाट २ युवती पक्राउ

लागुऔषध खैरो हिरोइनसहित कैलालीबाट २ युवती पक्राउ
मङ्लबार, जेष्ठ ४, २०७८

कैलालीको टीकापुर–७ बाट प्रहरीले करिव १० ग्राम लागुऔषध खैरो हिरोइनसहित २ युवतीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका ७ की २४ बर्षीया दिलु पाण्डे र १६ बर्षीया राधा पाण्डे रहेका छन् ।

इलाका प्रहरी कार्यालय टिकापुरमा प्रमुख डीएसपी मधुसुदन न्यौपानेका अनुसार पक्राउ परेका उनिहरुको साथबाट करिब ९।९५० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । अहिले प्रहरीले उनीहरुलाई म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ ।