८ सिंहको पीसीआर पोजेटिभ

८ सिंहको पीसीआर पोजेटिभ
बिहिबार, जेष्ठ ६, २०७८

कोरोना भाइरसको महामारीसंग पुरै विश्व जुधिरहेको छ । कोरोनाबाट हालसम्म १६ करोड ६० लाख भन्दा बढि मानिस संक्रमित बनेका छन् भने ३४ लाख ५० हजार बढिले ज्यान गुमाएका छन् । तर कोरोनाको यो महामारी केवल मानिसमा मात्र सिमित छैन । भारतमा पहिलो पटक जनावरमा कोरोना पोजिटिभ फेला परेको छ।

भारतको हैदराबादको नेहरू चिडियाखानामा रहेका ८ एसियाटिक सिंहमा कोरोना भाइरसको संक्रमण पाइएको छ। गत २९ अप्रिलमा ती सिंहहरुको पीसीआर टेष्ट गरिएकोमा ८ सिंहको पोजिटिभ रिपोर्ट आएको चिडियाखानाका अधिकारीहरुलाई उधृत गर्दै नवभारत टाइम्सले खबर छापेको छ।

चिडिया खानाका निर्देशक डाक्टर सिद्धानंद कुकरेतीले पनि सिंहहरुमा कोरोनाको लक्षण देखिएको स्वीकार गरेका छन्। तर उनले ती सिंहहरुको पीसीआर रिपोर्ट आधिकारिक रुपमा आउन भने बाँकी रहेको बताएका छन् । एजेन्सीको सहयोगमा