अमेरिकी गायिका लेडी गागा गरिन् आफ्नो जिन्दगीको कठोर सत्यको खुलासा

अमेरिकी गायिका लेडी गागा गरिन् आफ्नो जिन्दगीको कठोर सत्यको खुलासा
शनिबार, जेष्ठ ८, २०७८

लसएञ्जल्स– अमेरिकी गायिका लेडी गागाले आफ्नो जिन्दगीको कठोर सत्यको खुलासा गरेकी छन् । उनले ‘ओप्रा विन्फ्रे शो’मा आफूसँग भएको यौन शोषणको बारेमा खुलासा गरेकी हुन् ।

आजतकका अनुसार उनी १९ वर्षको हुँदा एक संगीतकारले बलात्कार गरेपछि गर्भवती भएकी थिइन् । ‘म १९ वर्षको थिएँ । त्यो बेला एक संगीतकारले मेरो कपडा खोल्नु भने । मैले त्यो कुरालाई अस्वीकार गरें र म त्यहाँबाट निस्किएँ । उसले मेरो सारा संगीत करियर बर्बाद गर्ने धम्की दिएँ पनि म त्यहाँ बसिनँ’, उनले भनेकी छन् ।

उनले त्यो संगीतकारले आफूलाई बलात्कार गरेर गर्भवती बनाई आफ्नो परिवारको घरको एक कुनामा राखेको बताएकी छन् । ‘त्यो बेला मलाई भमिट भयो र म बिरामी थिएँ । मलाई बलात्कार गरिएको थियो । मलाई कैयौं महिनासम्म स्टुडियोमै बन्धक बनाइएको थियो’, उनले भनेकी छन् ।