कांग्रेस नेता गगन थापाले भने – प्रधानमन्त्री र राष्टपतिले मुलुक अँध्यारो सुरूङमा धकेले

कांग्रेस नेता गगन थापाले भने – प्रधानमन्त्री र राष्टपतिले मुलुक अँध्यारो सुरूङमा धकेले
शनिबार, जेष्ठ ८, २०७८

काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारो सुरूङमा धकेलेको बताएका छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछि थापाले ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यही र यत्तिमै रोकिने वाला छैन,’ थापाले ट्वीटमा भनेका छन्, ‘नेतागण१ नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’